काठमाडौं । अबैध रुपमा लुकाई छिपाई नेपाली रुपैयाँ अबैध रुपमा लैजान लागेका अमेरिकी नागरिकलाइ प्रहरीले पक्राउ गरेकाे छ ।
काठमाण्डौंबाट बैंकक जान लागेका यात्रु अमेरिकी नागरिक डेविड एलनलाइ प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेकाे हाे ।
प्रहरीका अनुसार उनि काठमाण्डौंबाट बैंकक जान लागेका थिए । उनकाे साथबाट प्रहरीले बिभिन्न दरका नेपाली रुपैयाँ छ लाख सात हजार चार सय छयानब्बे र विभिन्न देशका रुपैयाँ पनि बरामद गरेकाे छ ।
उनलाइ आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक, ललितपुर पठाईएको प्रहरीले जानकारी दिएकाे छ ।







