काठमाडौंको सुन्धारास्थित एक होटलमा युवती मृत फेला परेकी छन्।
काठमाडौं महानगरपालिका वडा नम्बर ११ सुन्धारास्थित श्री गुरू गेष्ट हाउसमा युवती मृत फेला परेको प्रहरीले जनाएको छ।
ललितपुर इमाडोलकी २० वर्षीया भूमिका राउत सोमबार मृत फेला परेको प्रहरीको भनाइ छ।
प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ। प्रहरीले शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाएको छ ।







