काठमाडौं । इजरायलमा व्यावसायिक फुटबल खेल्न गएकी नेपाली महिला राष्ट्रिय फुटबल टीमकी खेलाडी सावित्रा भण्डारी स्वदेश फिर्ता भएकी छन्।

सावित्रा बुधबार राति इजरायलबाट नेपाल फर्किएकी हुन् ।

भण्डारीलाई अखिल नेपाल फुटबल संघका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।

प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा आतंककारी हमला गरेपछि घरेलु तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित भएकाले उनी नेपाल फर्किएकी हुन्।

सावित्रा यसै सिजन इजरायली क्लब हापोएल रानानामा अनुबन्ध भएकी हुन् ।