काठमाडौं । विश्वकप क्रिकेटमा भारतले अफगानिस्तानमाथि सानदार जित हात पारेको छ ।
कप्तान रोहित शर्माको कीर्तिमान प्रदर्शनमा दिल्लीमा जितका लागि पाएको २७३ रनको लक्ष्य घरेलु टोली भारतले खेल सकिन १५ ओभर बाँकी छँदै २ विकेट गुमाएर भेट्टायो ।
भारतलाई ८ विकेटले जिताउने क्रममा कप्तान शर्माले विश्वकप क्रिकेटमा सबभन्दा धेरै शतकको रेकर्ड बनाए ।
यसअघि पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै २७२ रन बनाएको थियो ।







