काठमाडौं । ट्राफिक प्रहरीको चेकजाँचमा नागरिक एपमा रहेकाे सवारी चालक अनुमतिपत्रले पनि अब मान्यता पाउने भएको छ ।
नागरिक एपमार्फत लाइसेन्स देखाउँदा मान्यता निदएर सक्कल नै माग्ने गरेकोमा अब त्यसो नपर्ने सरकारले जनाएको छ ।
नागरिक एपमार्फत देखाएको सवारी चालक अनुमति पत्रलाई मान्यता दिने व्यवस्था देशव्यापीरुपमा कार्यन्वयनमा आएको नागरिक एपको फेसबुक पेजमा उल्लेख गरिएकाे छ ।
यो व्यवस्था आजैदेखि कार्यन्वयनमा आएको भन्दै एपमा लाइसेन्स लिंक गर्न समेत आग्रह गरिएको छ ।







