काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)मा जारी एसिसी यु-१९ एसिया कपमा नेपाल भारतसँग १० विकेटले पराजित भएको छ।
दुबईको आइसीसी एकेडेमी ओभल-२ क्रिकेट मैदानमा आज भएको खेलमा भारतसँग पराजित भएसँगै नेपाल समूह चरणबाट बाहिरिएको छ।
आजको जितसँगै भारतले प्रतियोगितामा दोस्रो जित दर्ता गराएको छ।







