काठमाडौं । आज आइतवार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ।

आज सुन तोलामा ६०० रुपैयाँ बढेर तोलामा एक लाख १९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तेजाबी सुन भने तोलामा एक लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर तोलामा एक हजार ४२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।