काठमाडौं । जसपाका सांसद प्रदीप यादवले सहकारीमा बचत गरेको रकम हिनामिना गरेको आरोप लागेका जीबी राईलाई किन नसमातेको भनेर संसदमा प्रश्न गरेका छन ।
सांसद यादवले सहकारी सञ्चालक राईले वीरगञ्जका जनतालाई पनि ठगेको बताउँदै भने, ‘कहाँ छन् जीबी राई ? आसेपासेलाई किन नसमातेको ? अविलम्ब सबैलाई समातेर कानुनी दायरमा ल्याउनुपर्यो ।’
सहकारीको नाममा वीरगञ्जमा लुटपाट गरेको यादवले आरोप लगाए ।







