मोडलिङमा आफ्नो बेग्लै पहिचान बनाएका रोशिश चिकंबन्जार अहिले चर्चामा छन् । गत शनिबार भक्तपुरमा आयोजना भएको किड्स एण्ड टिन फेसन मोडल २०१९ मा बिजेता बन्दै टिन बिधा तर्फ उत्कृष्ट मोडल को उपाधि जितेका हुन् । ड्रिम सर्च एजेन्सीको आयोजनामा सम्पन्न उक्त इभेन्टमा रोशिश उत्कृष्ट फोटोजेनिक पुरुष बिधामा समेत बिजयी बने ।

This image has an empty alt attribute; its file name is KIDS-TEENS-FASHION-MODEL-2019-BHAKTAPUR-2-678x1024.jpg


चुसाखेल भक्तपुरका रोशिश आफ्नो मेहनतले बिजयी बनेको आयोजक कमल निकोन क्षेत्रीले जानकारी दिए । बिजयी रोशिशले जुन ३० मा थाइल्याण्डमा हुने थाइल्याण्ड इन्टरनेशनल फेसन फेष्टमा सहभागी हुने थाइल्याण्ड जानेछन् । त्यहा उनले बिभिन्न देशका मोडलसंग प्रतिस्पर्धा गर्नेछन् ।