नेकपा एमालेको असोज १५ गते भाेलि शुक्रवारदेखि सुरु हुने पहिलो राष्ट्रिय विधान महाधिवेशनको तयारी सकिएको छ । 

आज पत्रकार सम्मेलनमा पार्टीका मिडिया संयोजक खिमलाल भट्टराईले भाेलि शुक्रवार १२ः१५ बजे पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पहिलो राष्ट्रिय विधान महाधिवेशनको उद्घाटन गर्ने जानकारी दिनुभयो ।

उद्घाटनपछि तीन वटा प्रस्ताव पेस गर्ने र दोस्रो दिन (असोज १६ गते) समूहगत छलफल गरिने कार्यक्रम रहेको संयाेजक भट्टराईले बताउनुभयो । उहाँले विधान महाधिवेशनमा देशभरबाट झन्डै ६ हजार प्रतिनिधि सहभागी बन्ने बताउनुभयो ।