काठमाडौं– पाँचथरमा जन्मिएर १ दशक देखि बेलायतमा बसेर संगीत सिर्जनामा सक्रिय गायिका तथा गीतकार पारु राईले आफ्नो दोस्रो गीत’यो माया होइन र’को म्युजिक भिडियो सार्वजनिक गरेकी छिन्।

त्रिकोणात्मक प्रेमकथामा आधिरित यस गीतमा समाजको यथार्थ प्रस्तुत गरिएको छ। गीतमा गायिका पारु राईको स्वर, शब्द रहेको छ भने गायक मनोज थापा मगरको संगीत र संगीत संयोजन रहेको छ। बेलायतका विभिन्न रमणीय स्थलहरुमा छायांकन गरिएको यस भिडियोमा विपना गुरुङ, मण्डल थेबे र पारु राईको अभिनय देख्न सकिन्छा। विशेष भूमिकामा दिलिप राईको समेत अभिनय देख्न सकिन्छ।

निकै आकर्षक तरिकाले प्रस्तुत गरिएको भिडियोलाई कुशल श्रेष्ठले छायांकन र निर्देशन गरेका हुन् । गायक थापा मगरको आधिकारिक च्यानल ‘मनोज थापा मगर’ मार्फत भिडियो सार्वजनिक भएको हो। म्युजिक भिडियोले दर्शक स्रोताबाट राम्रो प्रतिक्रिया प्राप्त भैरहेको छ।