नेपाली कांग्रेसको काठमाडौंको वडा अधिवेशन आज हुँदैछ ।

सदस्यता विवादका कारण पूर्वनिर्धारित समय भदौ १८ मा वडा अधिवेशन हुन सकेको थिएन ।

केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यता टुंगो लगाएर पठाइसकेकाले आज वडा अधिवेशन गर्न लागेको कांग्रेस काठमाडौंका सभापति सबुज बानियाँले जानकारी दिनुभयो ।

महानगरपालिकासहित ११ स्थानीय तह रहेको काठमाडौंमा १३८ वटा वडा रहेका छन् ।