नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत बैतडीका १० वटै स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ । यहाँका तीन पालिकामा सर्वसम्मतिबाट नेतृत्व चयन गरिएको हो भने सातमा निर्वाचन भएको जिल्ला निर्वाचन अधिकृत पुष्पराज जोशीले जानकारी दिनुभयो ।

दशरथचन्द नगरपालिकामा भएको निर्वाचनबाट नगरसभापतिमा भुवनराज भट्ट निर्वाचित हुनुभएको छ । भट्टले १०४ र उहाँका प्रतिद्वन्द्वी गजेन्द्रसिंह रावलले ७९ मत पाउनुभयो । उपसभापतिमा सुरजबहादुर चन्द र हरिराम टमाटा, सचिवमा गणेशसिंह थापा र श्यामबहादुर चन्द सहसचिवमा उत्तमराज जोशी र राजेन्द्रप्रसाद बडू विजयी हुनुभएको छ ।

पुचौडी नगरपालिकाको नगरसभापतिमा गणेशबहादुर गडाल विजयी हुनुभएको छ । गडालले ८४ र उहाँका प्रतिद्वन्द्वी जनकबहादुर विष्टले ५७ मत पाउनुभयो । उपसभापतिमा ईश्वरदत्त भट्ट र वीरबहादुर महरा, सचिवमा राजप्रसाद जोशी र रितेशबहादुर बोहरा, सहसचिवमा दिलबहादुर साउद र सरोज बम विजयी हुनुभयो ।

पाटन नगरपालिकाको नगरसभापतिमा मानबहादुर ऐर ९७ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकटतम् प्रतिद्धन्दी जयसिंह विष्टले ६८ मत प्राप्त गर्नुभयो । उपसभापतिमा रमेश महरा र कृष्णबहादुर कुँवर, सचिवमा लवदेव जोशी र जगदीशसिंह विष्ट, सहसचिवमा कैलाशचन्द र कृष्णा पन्त विजयी हुनुभयो ।

मेलौली नगरपालिकाको सभापतिमा प्रमानन्द भट्ट ४९ मत ल्याएर विजयी हुनुभएको छ । निकटतम् प्रतिद्धन्दी नरेस विष्टले ४६ मत पाउनुभयो भने अर्का प्रत्यासी लोकराज भट्टले ३८ मत प्राप्त गर्नुभयो । यस्तै उपसभापतिमा भरतसिंह पुजारा र राजबहादुर चन्द, सचिवमा सुरेन्द्रप्रसाद भट्ट र अशोकसिंह विष्ट सहसचिवमा महेशदत्त भट्ट र लक्ष्मण पोखरेल निर्वाचित हुनुभयो । सिगास गाउँपालिकामा कर्णबहादुर ऐर ७४ मतसहित सभापतिमा निर्वाचित हुनुभएको छ ।

उहाँका प्रतिद्वन्द्वी रामबहादुर धामीले ६७ मत पाउनुभयो । उपसभापतिमा सुमित्रा ऐर र धनबहादुर साउद, सचिवमा टेकबहादुर चन्द र भानसिंह धामी, सहसचिवमा प्रकाश जोशी र गोविन्द अवस्थी विजयी हुनुभयो । दोगडाकेदार गाउँपालिकाको सभापतिमा नन्दराज भट्ट ५३ मतसहित विजयी हुनुभयो । उहाँका प्रतिद्वन्दी चन्द्रदेव भट्टले ५१ मत प्राप्त गर्नुभयो । उपसभापतिमा आनसिंह विष्ट र कलकुते कार्की, सचिवमा दानबहादुर विष्ट र कर्कराज जोशी, सहसचिवमा जीतेन्द्र कार्की र सुशीला विष्ट विजयी हुनुभयो ।

डिलाशैनी गाउँपालिकाको सभापतिमा ५५ मतसहित जयानन्द जोशी(जयराज) निर्वाचित हुनुभयो । प्रतिद्वन्द्वी कृष्णकुमार धामीले ४७ मत ल्याउनुभयो । उपसभापतिमा रामनाथ, शङ्कर विष्ट, सचिवमा मदननाथ, शङ्करदत्त पन्त, सहसचिवमा विक्रम कार्की, दिलानाथ विजयी हुनुभयो । सुर्नया, डिलाशैनी र शिवनाथ गाउँपालिकामा भने सर्वसम्मतिबाट नेतृत्व चयन गरिएको छ ।

सुर्नया गाउँपालिकाको सभापतिमा प्रतापसिंह महरा, उपसभापतिमा करवीरसिंह ऐर र राजेन्द्र लुहार, सचिवमा सुन्दरसिंह विष्ट र उत्तमबहादुर चन्द, सहसचिवमा पदमराज भट्ट र दिनेशबहादुर बोहरा चयन हुनुभएको छ । पञ्चेश्वर गाउँपालिकाको सभापतिमा रामबहादुर चन्द,उपसभापतिमा जमनसिंह साउद र धीरानबहादुर चन्द, सचिव गजेन्द्रबहादुर चन्द र टङ्कप्रसाद तिवारी, सहसचिव वीरेन्द्र सिहं भण्डारी र वीरबहादुर चन्दलाई चयन गरिएको छ । शिवनाथ गाउँपालिकाको सभापतिमा हीराचन्द, उपसभापतिमा जयसिंह साउद र लालसिंह साउद, सचिवमा केशवदत्त कलौनी, गम्भीरबहादुर चन्द, सहसचिवमा शुक्रसिंह महर, लक्ष्मणदत्त पन्त चयन हुनुभयो ।

यहाँका सबै पालिकाका सदस्य भने सर्वसम्मतिबाट चुनिएका जिल्ला निर्वाचन समितिले जनाएको छ