धादिङ्ग । राष्ट्रिय फोटो पत्रकार समुह नेपालको २५ औं वार्षिकोत्सव तथा १२औं केन्द्रिय अधिवेशनबाट निवाचित केन्द्रीय कार्य समितिले पहिलो केन्द्रीय समितिको वैठक धादिङ्गवेशीमा समपन्र्न भएको छ ।

उक्त वैठकले एनएफपिजे नेपाल आपतकालिन राहत कोष स्थापना गर्ने निणर्य संगै कोषमा संस्थाको केन्द्रिय कोषाध्यक्ष सागर श्रेष्ठले स्वर्गिय बुबा हरि बहादुर श्रेष्ठ र ममतामयी आमा ललिमाया श्रेष्ठको नाममा रु ११,१११ बाट सहयोग गर्ने प्रतिवद्धता संगै केन्द्रिय सदस्यहरु रतन बहदुर चन्दको स्व.बुवा चक्र बहादुर चन्दको नाममा ५,५५५ त्यसैगरि केन्द्रियसदस्य घनस्याम श्रेष्ठको स्व.बुबा  कुलबहादुर श्रेष्ठ र आमा टंकमाया श्रेष्ठको नाममा ५,५५५, सस्थाका केन्द्रिय सदस्य प्रदीपकुमार श्रेष्ठले आफ्नो स्व.पिता हेमन्त वहादुर श्रेष्ठ र माता देवकुमारी श्रेष्ठको नाममा रु ७,७७७ त्यसै गरि कतारमा रोजगारीको सिलसीलामा कतारमा रहनु भएका हाम्रो सस्थाका सदस्य सिव सत्यालवाट रु रु ११,१११ अर्का केन्द्रिय सदस्य सुशील कुमार श्रेष्ठवाट रु ११,१११ काठमाडौं फोटोग्राफर संघका अध्यक्ष डिगम्बर राजवंशीबाट ५,५५५ उक्त कोषमा जम्मा गर्ने स्व घोषणा गर्नु भएको छ ।

सस्थाका वागमति प्रदेशका संयोजक नारायण सिलवालवाट रु ५,५५५ सहयोग गर्नु भएको छ भने हाम्रो जन्मभुमी सस्थाका कोषध्यक्ष तथा समाजसेवी नारायण श्रेष्ठ (राजा)ले पनि यस्तो पुण्य कामको सुरुवात भएकोमा प्रशंसा गर्दै उक्त कोषमा ५,२२२ र हाम्रो जन्मभुमी सस्थाका मानर्थ सदस्य तथा समाजसेवी रिता देउजा थापा वाट पनि रु ५,५५५ सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नु भएको छ । उक्त कोेषमा यहि आर्थिक वर्ष भित्र ५ लाख बनाउने लक्ष्य लिईएको छ ।

अब यस कोष मार्फत यस संस्थाका सदस्यहरुलाई आपत विपत पर्दा आवश्यक सहयोग गर्ने भएको छ । कार्यविधि बनाएर सदस्यहरुलाई पारदर्शि रुपमा आपत विपदमा सहयोग गर्ने कोषाध्यक्ष सागर श्रेष्ठले वताउनु भएको छ । 

यस कोषमा रकम जम्मा गर्न चाहानुहुने महानुभावहरुले रकम जम्मा गर्न सक्नेकुरा केन्द्रिय अध्यक्ष प्रदिपराज वन्तले जानकारी दिनु भयो ।