नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ ।

आज दिउँसो ३ बजेका लागि बोलाइएइको बैठक तयारी नपुगेको भन्दै स्थगित भएको हो । 

बैठक भोली बिहान ११ बजे बस्ने एक स्थायी समिति सदस्यले बताउनुभयो ।

माओवादीले आगामी पुस ११, १२ र १३ गतेका लागि पार्टीको राष्ट्रिय सम्मेलन गर्ने घोषणा गरेको छ । त्यसैको तयारीबारे छलफल गर्न बैठक बस्न लागेको स्थायी समिति सदस्य गणेश साहले जानकारी दिनुभयो ।