नेपाली कांग्रेसले थप तीन जिल्लाको क्रियाशील सदस्यताको सूची सार्वजनिक गरेको छ ।

निर्वाचन समितिले कैलाली, धनुषा र सर्लाहीको क्रियाशील सदस्यता सूची वेभसाइटमार्फत सार्वजनिक गरेको हो । लामो समयदेखि विवादित रहेका ती जिल्लामा पार्टीको समितिले विवाद टुंग्याएको हो ।

सदस्यता सार्वजनिक भएका जिल्लामा वडा अधिवेशन प्रारम्भ गर्न बाटो खुलेको छ । यद्यपि वडा अधिवेशन हुन बाँकी जिल्लाको हकमा निर्वाचन समितिले नयाँ कार्यतालिका निर्माण गर्ने तयारी छ ।

अब पर्सा, रौतहट, बारा, सप्तरी र रसुवाको क्रियाशील सदस्यता सार्वजनिक हुन बाँकी रहेको छ ।