नेकपा एमालेको पहिलो राष्ट्रिय विधान महाधिवेशन आज देखि सुरु हुँदैछ ।

ललितपुरको गोदवारीमा अवस्थित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने पहिलो राष्ट्रिय विधान महाधिवेशनको उद्घाटन मध्यान्ह सवा १२ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको मिडिया संयोजक खिमलाल भट्टराईले जानकारी दिनुभयो ।

उद्घाटनपछि तीनवटा प्रस्ताव पेश गर्ने र दोस्रो दिन भोली शनिबार समूहगत छलफल गरिने कार्यक्रम रहेको उहाँले बताउनुभयो । उहाँले विधान महाधिवेशनमा देशभरबाट करिव ६ हजार प्रतिनिधि सहभागी हुने बताउनुभयो ।

महाधिवेशन प्रतिनिधिको आवासको प्रवन्ध काठमाडौंमा रहेको प्रदेश तथा जिल्ला सम्र्पक मञ्चको सहयोगमा सम्बन्धित प्रदेश कमिटीले नै गर्ने गरी व्यवस्थापन गरिएको उहाँले बताउनुभयो ।