नेपाल कम्युनिष्ट पार्टी (एमाले)को विधान महाधिवेशनमा समूहगत छलफल सकिएको छ ।

हिजाे (शुक्रबार) बाट शुरु भएको विधान महाधिवेशनमा शनिवार १० वटा समूहमा प्रस्तावित प्रतिवेदनहरुमाथि छलफल सकिएकाे हाे ।

छलफल सकिए पछि अहिले दोस्रो दिनको पूर्ण शत्र सुरू भएको पार्टी सचिव प्रदीप ज्ञवालीले बताउनुभयाे ।

पूर्ण शत्रमा समूहगत सुझाव पेस गरिने ज्ञवालीवकाे भनाइ छ। टोली नेताहरुले समूहमा आएका सुझावसहित आफ्नो प्रस्तुति राख्ने क्रम शुरू भएकाे छ ।