तारकेश्वर नगरपालिकाको सभापतिमा कृष्णहरि महर्जन, उपसभापतिद्वयमा नवराज अर्याल र जमुना तिमिल्सिना निर्वाचित हुनु भएको छ ।

बूढानीलकण्ठ नगरपालिकाको सभापतिमा राजाराम बुढाथोकी उपसभापतिद्वयमा सानुकान्छा श्रेष्ठ र शम्भु कार्की निर्वाचित हुनु भएको छ ।

उता नेपाली कांग्रेस विराटनगर महानगर सभापतिमा दीपक चापागाईं निर्वाचित हुनु भएको छ । आज बिहान आएको मतपरिणाम अनुसार चापागाईं २१२ मतसहित सभापति पदमा निर्वाचित हुनु भएको हो ।

उहाका निकटतम प्रतिद्वन्द्वी सन्तोष न्यौपानेले १६५ मत प्राप्त गर्नु भयो । सभापति जित्नु भएका चापागाईं कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालानिकट हुनुहुन्छ भने पराजित हुनु भएका न्यौपाने सभापति शेरबहादुर देउवानिकट हुनुहुन्छ ।