काठमाडौं– नव गायिका हिमानी कानले आफ्नो डेब्यु म्युजिक भिडियो ‘जेनेरेसन’ यहि शुक्रवार सार्वजनिक गर्ने भएकी छिन्। अस्ट्रेलियामा बसेर भिडियो प्रडक्शन, निर्देशन र कलाकारितामा सक्रिय राजु कानकि सुपुत्री रहेकी हिमानीले चर्चित र्यापर बुलेट फ्लो संगको सहकार्यमा उक्त म्युजिक भिडियो सार्वजनिक गर्न लागेकी हुन्।

महेश ज्ञवालीको शब्द संगीत रहेको यस गीतलाई विशाल पौडेलले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा टिकटक स्टार उषा उप्रेती, विना राउत, श्रृष्टी खड्का, लोशिना, सोनी, प्रिन्शिका र अलिशाको अभिनय रहेको छ।

सन्तोष राजबाहकले कोरियोग्राफी गरेको यस भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन्। विकाश दाहालले सम्पादन गरेको भिडियोलाई भिडियोलाई सशान कंडेलको निर्देशनमा तयार पारिएको हो। आरोन कान निर्माता रहेको भिडियोलाई ब्ल्याक आइ क्रियसनको अफिसियल च्यानलबाट सार्वजनिक गर्न लागिएको हो।