काठमाडौं– जिन्दगीभर एक भएर खुशी र सुखी जीवन जिउने सपना देखेका सुन्दर जोडीको जीवनमा आएको अकल्पनीय परिस्थितिको कथालाई समेटेर तयार पारिएको ‘जब तिमी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

यस गीतमा स्वर अमेरिका निवासी गायक नरेश गुरुङ र चर्चित गायिका मेलिना राईको रहेको छ। केदार उप्रेतीको शब्दमा रहेको यस गीतलाई बादल लिम्बुले संगीतवद्द र संगीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र नायिका पुजा शर्मा बीचको अन्स्क्रिन प्रेमलाई प्रस्तुत गरिएको छ। सौरव लामाले छायांकन गरेको यस भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन्। किरण राईको निर्देशनमा भिडियो तयार पारिएको हो। ओएसआर डिजिटलको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो।