काठमाडौं– एउटी आमालाई थाहा हुन्छ सन्तान गुमाउनुको पिडा । सन्तान को पिडा एउटि आमाले कसरी सहन्छे। सन्तान बियोगको पीडा भुल्न खोज्दा कहिले सम्हालिन्न आमाको मन ।

गीतकार राजश्री बस्न्यात श्रेष्ठले अल्पायुमै आफ्ना २ जना छोरीहरु मनिषा र समानता श्रेष्ठलाई गुमाउनु पर्यो। गीतकार श्रेष्ठले छोरीहरुकै मिठा यादहरुलाई समेटेर लेखेको ‘आई मिस यु’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। सेण्टिमेण्टल भर्सनको यस गीतमा नेपाल आइडल ३ कि विजेता गायिका सज्जा चौलागाईले निकै मिठो र न्याय दिएर यस गीतमा स्वर दिएकी छिन्। वरिष्ठ संगीतकार न्ह्यू बज्राचार्यले संगीतवद्द गरेको यस गीतलाई गोपाल रसाइलीले संगीत संयोजन गरेका हुन्।

स्वयम् गीतकार श्रेष्ठ फिचर्ड म्युजिक भिडियोमा गरिमा शर्मा र श्रेया सिटौलाले छोरीहरुको भूमिका निभाएका छन्। उत्तम हुमागाईले छायांकन गरेको भिडियोलाई प्रविन श्रेष्ठले सम्पादन गरेका हुन्। मनिक लाल श्रेष्ठ निर्माता रहेको भिडियोलाई गीतकार श्रेष्ठको परिकल्पना र निर्देशनमा तयार पारिएको हो। गीतकार श्रेष्ठको आधिकारिक च्यानल ‘राजश्री स्टोरिज’ मार्फत भिडियो सार्वजनिक गरिएको हो।

यसअघि गीतकार श्रेष्ठको शब्दमा ‘मेरो मन तिमी संगै’, ‘मेरी प्यारी आमा’ बोलको गीतहरु सार्वजनिक भैसकेका छन्। आफ्नै जीवन भोगाईका भावनाहरुलाई समेटेर गीत र कविता लेख्न रुचाउने श्रेष्ठ आफ्ना सिर्जना मार्फत समाजमा सकारात्मक संदेश पुर्याउन चाहान्छिन्। साथै आफु जस्तै पिडाबाट गुज्रिरहेकाहरुलाई गीत संगीत मार्फत उत्साह दिन चाहान्छिन्। निर्माण टिमले यस म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।