काठमाडौं । काठमाडौंको कलंकीमा पठाओ स्कुटर दुर्घटना हुदाँ चालक र सवारी गरेर दुबै जनाको मृत्यु भएको छ । कलंकीको सिता पेट्रोल पम्प नजिक अपरान्ह् पौने पाँच बजे ओम जनता यातायातको बसले पठाओ स्कुटरलाई ठक्करदिदाँ दुवै जनाको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको हो । प्रहरीका अनुसार मुत्यु हुनेमा धादिङ घर भइ अहिले थानकोट बस्दै आएका अन्दाजी ३५ वर्षका स्कुटर चालक रामबहादुर आचार्य रहेका छन् भने बाँके घर भइ अहिले इमाडोल बस्दे आएका ५२ वर्षका यादबकुमार शाह रहेका छन् ।