काठमाडौं– पी एण्ड एच प्रोडक्शनको प्रस्तुतिमा निर्माता एवम् मोडल पूर्ण लम्साल फेरि आफ्नो बिल्कुलै नयाँ कोसेली ‘चोखो माया’को साथमा आएका छन्। उत्कृष्ट सिर्जनाहरु सार्वजनिक गर्दै आएका मोडल लम्सालको अभिनयको हिसावले यो पाचौ कोसेली हो। यसपटक उनलाई बिष्णु मिश्रले अभिनयमा साथ दिएकी छिन्।

प्रेमिल शैलीको यस गीतमा युवा पुस्ताकी चर्चित गायिका रचना रिमाल र रंजन राईको कर्णप्रिय स्वर सुन्न सकिन्छ। रवि मल्लको शब्द रहेको यस गीतलाई नविन कार्कीले संगीतवद्द गरेका हुन्। गीतमा बिशाल निरौलाको संगीत संयोजन रहेको छ।

अमेरिकाको विभिन्न रमणीय ठाउहरुमा छायांकन गरिएको भिडियोमा शैलेश घलेको छायांकन रहेको छ। बिष्णु खड्काले भिडियोलाई सम्पादन गरेका हुन्। बिक्की पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो। निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।