काठमाण्डौ – नेपाल आइडलको मंचबाट परिचित गायिका मेघा श्रेष्ठ र गायक केभिन ग्लान तामाङको युगल गायनमा समावेश प्रेमिल शैलीको गीत ‘म त तिम्रै हूँ’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

युवा प्रेम र आकर्षणको भावनालाई व्यक्त गरिएको यस गीतमा शब्द रिमा श्रेष्ठको रहेको छ भने अम्बर तुम्बापो सुब्बाले यस गीतलाई संगीतवद्द गरेका हुन्। सुजिल कर्माचार्यको गीतमा संगीत संयोजन रहेको छ।

म्युजिक भिडियोमा सन्नी सिंह र कुसुम गुरुङ बीचको अन्स्क्रिन प्रेम र रोमान्सलाई प्रस्तुत गरिएको छ। दिपक राज सुनारले छायाँकन गरेको भिडियोलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन्। विवेक रसाइलीको निर्देशनमा भिडियो तयार पारिएको हो।

कुशल गुरुङ र तुम्बापो परिवार निर्माता रहेको यस म्युजिक भिडियोलाई संगीतकार सुब्बाको च्यानल ‘अम्बर तुम्बापो सुब्बा अफिसिएल’ मार्फत सार्वजनिक गरिएको हो। यसअघि संगीतकार सुब्बाको संगीतमा जलेर मुटु, हिँड्दा हिँड्दै, सानीमा सानी, बिर्सी दिन्छु,, डोको नाम्लो, मोहनीमन्तरजस्ता आधुनिक गीत लोकप्रिय छन्।