काठमाडौं – संगीत र सिनेमा समाजको दर्पण हो । गीत संगीतले मनोरञ्जन मात्रै दिने होइन समाजका देखे भोगेका जीवन भोगाइका कथाहरु पनि संगीतका माध्यम बाट प्रस्तुत भैरहेका हुन्छन् । यसर्थमा कलाकारले मनोरञ्जन दिने मात्रै होइन परेको बेला गीतका माध्यम बाट सामाजिक दायित्व पनि पुरा गरिरहेका हुन्छ्न ।

हिजोआज गीत संगीतमा परिवर्तन आएको छ । नयाँ नयाँ प्रयोगहरु गीत संगीतमा भैरहेका छन। हालै डिजिटल बजारमा एउटा निकै मिठो र सामाजिक सन्देश बोकेको गीत ‘भतभती पोल्छ’ सार्वजनिक भएको छ।यस गीतमा युवा पुस्ताकि चर्चित गायिका रचना रिमालको स्वर सुन्न सकिन्छ।

गीतमा शब्द अमेरिकामा बस्दै आएका गीतकार नारायण रसाइलीको रहेको छ। दिप घतानीले संगीतवद्द गरेको यस गीतलाई संजिव बराइलीले संगीत संयोजन गरेका हुन्। समलिङ्गी प्रेम सम्बन्ध,बिहे अनि समाजले हेर्ने दृष्टिकोण लाई जीवन्त रूपमा प्रस्तुत गरिएको भिडियोमा पल शाह र प्रियाना आचार्यको अभिनय रहेको छ।

बुद्ध थापाले छायाँकन गरेको यस भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन्। तारा लोहनी रसाइली निर्मात्री रहेकी यस भिडियोलाई निकेश खड्काको निर्देशनमा तयार पारिएको हो। गीतकार रसाइलीको च्यानल ‘नारायण रसाइली अफिसिएल’ मार्फत सार्वजनिक गरिएको हो। भिडियोलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।