काठमाडौं – ‘पहिलो यो माया’ निर्देशन गरेर चर्चा कमाएका निर्देशक प्रकाश धितालको निर्देशनमा तयार पारिएको बिल्कुलै नयाँ म्युजिक भिडियो ‘तिम्रो याद’ सार्वजनिक भएको छ।

यस गीतमा युवा गायक बिरेन रसाइलीको स्वर रहेको छ। सीडी विजय अधिकारीले संगीतवद्द गरेको यस गीतमा दिलिप घिमिरेको शब्द रहेको छ। गीतलाई देवेन्द्र नेवाले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा जीवन भट्टराई, अन्जना दुवाडी बीचको अन्स्क्रिन प्रेम र रोमान्सलाई प्रस्तुत गरिएको छ। भिडियोमा अमिषा सुवेदी समेत फिचर्ड छिन्।

ताज प्लालेसमा छायाँकन गरिएको यस भिडियोलाई उत्सव दाहालले खिचेका हुन्। भिडियोमा सन्तोष राजबाहकको कोरियोग्राफी रहेको छ। भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन्। निर्माणकर्ताद्वय रनमाया रसाइली र कुसुम न्यौपाने रहेको यस भिडियोलाई ओएसआर डिजिटल मार्फत भिडियो सार्वजनिक गरिएको हो।