काठमाडौं – गीतकार गोपाल लोहारको मार्मिक शब्दमा समावेश ‘तिम्रो याद आयो’ बोलको म्युजिक भिडियो भोलि बिहिबार २ बजे सार्वजनिक हुने भएको छ।

यस गीतमा गायक सविन सुवेदीको सुमधुर स्वर रहेको छ । दिपक शर्माले संगीतवद्द गरेको यस गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका हुन्। परदेशीको पिडा र संघर्षलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा विजय बराल, प्रमिला खनाल र माया पौडेलको जिवन्त अभिनय देख्न्न सकिनेछ।

श्याम तामाङले छायाँकन गरेको यस भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन्। काजी लिम्बु र श्याम लामाको सयुक्त निर्देशनमा तयार पारिएको यस भिडियोको निर्मात्री भीमा लोहार हुन्। गोलो प्रडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिन लागिएको हो। निर्माण टिमले भिडियोलाई सुनेर हेरेर प्रतिक्रिया दिन सबैलाई अग्रिम आग्रह गरेको छ।