काठमाडौं – उत्कृष्ट ट्राभल सेवाका साथमा सबै यात्रा सम्बन्धी उत्पादनहरू प्रदान गरिरहेको कान्तिपुर होलिडेज अस्ट्रेलियाको सहकार्यमा तयार पारिएको ‘नक्कली’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

यस गीतमा स्वर अमन प्रधानको रहेको छ भने शब्द अस्ट्रेलियामा रहेकी गायिका एवम् गीतकार अबुन पाण्डेको रहेको छ। टिका दाहालले संगीतवद्द गरेको यस गीतलाई गायक प्रधानका बुवा राहुल प्रधानले संगीत संयोजन गरेका हुन्।

गायक प्रधान र प्रियाना आचार्य ‘मुन्नी’ बीचको अन्स्क्रिन प्रेम र रोमान्सलाई प्रस्तुत गरिएको यस भिडियोलाई बुद्ध थापाले छायाँकन गरेका हुन्। विकाश धमलाले सम्पादन गरेको यस भिडियोलाई निकेश खड्काको निर्देशनमा तयार पारिएको हो।