काठमाडौं – प्रणय दिवस नजिकिदै गर्दा प्रेमिल शैलीका म्युजिक भिडियोहरु सार्वजनिक हुने क्रम बढ्दो छ। यसैक्रमा कोरियामा रहेका प्रतिभाशाली युवा गायक दिल बिश्वकर्माको स्वर, शब्द र संगीतमा रहेको ‘तिम्रै लागि’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा सुदिप सागरको संगीत संयोजन रहेको छ।
प्रेमिल जोडी बीचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको भिडियोमा स्वयम् गायक बिश्वकर्मा र बिना राउत फिचर्ड छन्। नवराज उप्रेतीले छायाँकन गरेको यस भिडियोलाई दिपेन बस्नेतले सम्पादन गरेका हुन्। सुबोल थापाको निर्देशनमा भिडियो तयार पारिएको हो। गायक बिश्वकर्माको अफिसिएल च्यानल ‘दिल बिश्वकर्मा अफिसिएल’ मार्फत भिडियो सार्वजनिक भएको हो।

