९ फागुन, काठमाडौँ । फोर बि. पिक्चर को प्रस्तुति बिजय मगरको शब्द आदेश गुर्मछानको संगित तथा संयोजन रहेको “चिरबिर गर्ने चरीले” बोलको म्युजिक भिडियो युट्युबमा सार्वजनिक गरिएको छ।

बिजय मगरले निर्देशन गरेको उक्त भिडियोमा अभिनय समृद्धि आफैले गरेकी छिन् भने छायांकन र सम्पादन सुवाश शाहको रहेको छ।

साङ्गीतिक परिवारमा हुर्किएकी समृद्धि सानै देखि गायनमा रुचि राख्ने गर्थिन् । संगीतकर्मी बुवा स्वर्गीय बिक्रम परियार साङ्गीतिक क्षेत्रमा परिचित हुन् साथै आमा विमला परियार पनि गायन क्षेत्रमा सक्रिय रहनु भएको छ। २०७४ सालको स्थानीय निर्वाचन मा केहि अज्ञात समुहले ढुंगा हानी हत्या भएपछि परिवारमा केहि असहजता उत्पन्न भएको भए पनि बिचलित नभई संगित प्रतिको लगाव कमि नरहेको साथै आफ्नो बाबाको सपना साकार बनाउने उद्देश्यले कडा मेहनत गरिरहेको गायिकाको दाइ वैभव बताउछन् ।

पछिल्लो समय दर्शक माझ लोकप्रिय कार्यक्रम द भ्वाइस किड्स नेपाल मार्फत सर्बत्र चर्चा कमाएकी समृद्धि अहिले रेकर्डिङमा ब्यस्त रहेकी छिन्।

नयाँ कलाकार हरुलाई विषेश अवसर प्रदान गरी नेपाली संगितलाई बेग्लै उचाइमा पुर्‍याउने उद्देश्यले आफू लागिपरेको साथै समृद्धिको नेपाली संगित छेत्रमा उज्ज्वल भविष्य सुनिश्चित रहेको गायक तथा संगीतकार आदेश गुर्मछान वताउनु हुन्छ।

“फोर बि. पिक्चर” नयाँ कला एवं कलाकार हरुलाई विषेश अवसर प्रदान गरी सम्बन्धित छेत्रमा स्थापित गराउन आफू सधैं तयार रहेको साथै समृद्धि कै आवाजमा अर्को गीत पनि तयार भैसकेको र छिट्टै नै सार्वजनिक गरिने भिडियोका निर्देशक तथा फोर बि. पिक्चर का सिइओ बिजय मगरले जानकारी दिनुभयो।