१८ फागुन, भक्तपुर । करिब ४०० वर्षअघि जगज्योर्ति मल्लले निर्माण गरेको पोखरीलाई भक्तपुर नगरपालिकाले दियो नयाँ जीवन भक्तपुरको भ्रमण सूचीमा नयाँ गन्तव्य थपिएको छ – न्हू पुखू अर्थात् रानीपोखरी।

२०४० सालदेखि सेनाको नियन्त्रणमा रहेको यो पोखरीलाई भक्तपुर नगरपालिकाका मेयर सुनील प्रजापतिले सार्वजनिक स्वामित्वमा ल्याएर जिर्णोद्धार गराएका हुन्। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले मंगलबार उद्घाटन गरेपछि पोखरी सर्वसाधारणको निम्ति खुला भएको छ।

पार्कबाट अगाडि बढेपछि सैनिक आवासीय महाविद्यालय पुगिन्छ। त्यहीँभित्र पर्छ, रानीपोखरी।

२०२१ सालको नापीमा पोखरी र वरपरको चउर सार्वजनिक स्थल थियो। यसलाई स्थानीयहरू सानो टुँडिखेल भन्थे। २०४० सालमा त्यहाँको करिब पाँच सय रोपनी जग्गा सेनाले नियन्त्रणमा लियो। खुला सार्वजनिक चउरमा सैनिक आवासीय महाविद्यालय, खेल मैदान र स्कुलका भवनहरू ठडिए।

पुर्खौं पुर्खादेखि स्थानीयले भोगचलन गर्दै आएको जग्गा सेनाको कब्जामा पुगेपछि ऐतिहासिक रानीपोखरी र स्थानीय कुलदेवता (दिगु द्य:) पनि सर्वसाधारणको पहुँचबाट टाढा भए। जनताले आफ्नै पोखरी र आफ्नै दिगु द्य: जान सेनाको अनुमति लिनुपर्ने भयो। प्रत्येक वर्ष देवाली पूजामा सेनाको अनुमति लिएर मात्र स्थानीयहरू त्यहाँ पस्न पाउँथे। सेनाको नियन्त्रणमा पुगेपछि रानीपोखरी पनि संरक्षण अभावमा लगभग ओझेल पर्‍यो।

तपाईं भक्तपुर जाँदै हुनुहुन्छ सल्लाघारी चोकबाट सिद्धपोखरी जाने बाटोमा सल्लाका ठूल्ठूला रूख छन्। माथि थुम्को र खुला ठाउँ छ। तपाईं स–साना खुड्किला उक्लेर त्यहाँ पुग्न सक्नुहुन्छ। यो थुम्कोलाई ‘च्वङा गणेश पार्क’ भनिन्छ।

करिब चार दशकपछि पोखरीको स्वामित्व जनतामा फिर्ता आएको उत्सव मनाउन मंगलबार सयौं मान्छे उद्घाटन समारोहमा भेला भएका थिए। पोखरी किनार भरिभराउ थियो। एक स्थानीय पोखरीको विगत सम्झिँदै भन्दै थिए, ‘हामी त पहिले यसलाई भूत पोखरी भन्थ्यौं। यहाँ दिउँसै यति सुनसान हुन्थ्यो, आउनै डर लाग्थ्यो।’