आईसीसी विश्वकप लिग टू क्रिकेट प्रतियोगितामा युएईविरुद्ध नेपाललाई चौथो सफलता हात परेको छ । करण केसीले नेपाललाई चौथो सफलता दिलाएका हुन् ।
करणले १०.३ ओभरमा युएईको स्कोर ३५ रन हुँदा आसिफ खानलाई आसिफ शेखको हातबाट क्याच आउट गराएका हुन् ।
आसिफ खानले दुई रन बनाएका थिए ।
त्यस्तै नेपालका लागि शुरुवाती तीन विकेट सोमपाल कामीले दिलाएका हुन् ।
सोमपालले युएईको स्कोर ३२ रनको हुँदा तेस्रो सफलता दिलाएका हुन । सोमपालले अर्का ओपनर मुहम्मद वसिमलाई व्यक्तिगत २१ रनमा ज्ञानेन्द्र मल्लको हातबाट क्याच गराएका हुन् ।
सोमपालले नेपालका लागि घातक हुनसक्ने युएईका खेलाडी बितृया अरंबिन्दलाई आउट गरेका छन् । तीन रन बनाएका अरंबिन्दलाई विकेटकिपर आशिफ शेखको हातबाट क्याचआउट गरेका छन् ।
सोमपालले युएईका चिराख सुरीलाई आउट गरेका हुन् । सोमपालले छ रन बनाएका सुरीलाई विकेटकिपर आशिफ शेखको हातबाट क्याचआउट गरेका थिए ।
नेपालविरुद्ध युएईले टस जितेर पहिले ब्याटिङ गरि रहेको छ ।