काठमाडौं – भ्रष्टाचार विरोधी गीत ‘देश विकास’ सार्वजनिक भएको छ । देशमा व्याप्त भ्रष्ट्राचार, बलात्कार र नेताहरुको गलत कामको विरोध यस गीतमा गरिएको छ । र्याप शैलीको यस गीतमा गायक रिवाज सिंह सुनारको स्वर, शब्द र संगीतमा रहेको छ।
यस गीतको भिडियोमा धुर्व बिश्वकर्मा , निश्चल कार्की र प्रमोद श्रेष्ठ फिचर्ड छन्। सम्भव सुवेदीले भिडियोलाई छायाँकन र सम्पादन गरेका हुन्। कल्याण थापाको निर्देशनमा भिडियो तयार पारिएको हो। गायक सुनारको च्यानल ‘रिवाज सिंह सुनार’ मार्फत भिडियो सार्वजनिक भएको हो। यो गीतले सबै युवालाई जागरूक भएर यसै पुस्तामा देश बनाउन आव्हान समेत गरेको छ।
