मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीको शतकप्रेरित नेपालले पपुवा न्युगिनीलाई दोस्रो एकदिवसीय खेलमा २७९ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा २७८ रन जोड्यो।

नेपालका लागि मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले शतक प्रहार गरे। पहिलो एकदिवसीय शतक हिर्काएका दीपेन्द्रले १०५ रन जोडे। उनले  १४० बलमा ७ चौका हिर्काए। 

युवा ब्याट्सम्यान देव खनालले ७२ रनको योगदान दिए। उनले ८६ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। शुक्रबार डेब्यू गरेका देवले दोस्रो खेलमा अर्धशतक प्रहार गर्न सफल भए।

त्यसअघि ओपनर कुशल भुर्तेल गोल्डेन डकआउट हुँदा अर्का ओपनर अनिल साह १ रनमै आउट भए।

रोहित पौडेलले ३५ रन जोड्दा भीम सार्कीले  २६ रनको योगदान गरे। पवन सर्राफ ० र आरिफ शेख ४ रनम आउट भए। 

सोमपाल कामीले नटआउट ४ रन जोड्दा कप्तान सन्दीप लामिछानले ९ बलमा नटआउट २४ रन जोडे। सन्दीपले अन्तिम ओभरमा १६ रन जोडेका थिए। 

बलिङमा पपुवा न्युगिनीका अलेइ नाओले  ३ विकेट लिए भने नोर्मान भानुआले २ विकेट हात पारे।