१४ बैशाख, काठमाडौं । गायक लक्ष्मण गुरुङको सुमधुर स्वरमा रहेको ‘छिटको सारी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । नाच प्रधान गीतमा प्रेम पाण्डे ९अनुपम० को शब्द, सङ्गीत रहेको छ । साहस शाक्यले सङ्गीत संयोजन गर्नुभएको छ । नवराज उप्रेतीले छायाङ्कन गरेको यस भिडियोमा दीपकएम सिंहको कोरियोग्राफी रहेको छ । भिडियोलाई विकास दाहालले सम्पादन गर्नुभएको छ ।

म्युजिक भिडियो छिटको सारी शीर्षकमा निकाले पनि दृश्यमा भने तिघ्रासमेत देखिने पहिरन लगाएर नाचेको देखिन्छ । गीतको अन्त्यमा मात्र छिटको सारी लगाएको दृश्यमा देखाइएको छ । आफ्नै वेषभूषा र पहिरनमा गीत राम्रो हुँदैन भन्ने मनोविज्ञान कलाकारले पालेको देखिन्छ । धेरै दर्शक र स्रोताले नेपालीपनका गीत मन पराउने भए पनि निर्माता, निर्देशकको ध्यान यसतर्फ नगएको गीतप्रेमी राजेन्द्र पराजुली बताउनुहुन्छ ।

म्युजिक भिडियोमा ‘तिमी खोला पारि म चाहिँ यता वारि, तिमीलाई भनी ल्याइदिएको छु मैले छिटको सारी’, ‘जोडी ढुकुर बस्यो हेर घरैको छानामा’, ‘चोखो माया लेखौँ आज दिलैको पानामा’ लगायत गीत समावेश गरिएको छ । म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र कविता विष्टको अभिनय छ । श्याम लामाको निर्देशनमा भिडियो तयार पारिएको हो । जेबिआर स्टुडियोको प्रस्तुति रहेको यस भिडियोलाई ओएसआर डिजिटल नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।