काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट आउँदो स्थानिय निर्वाचन २०७९ वैशाख ३० मा हुने निर्वाचनमा काठमाडौं महानगरपालिका वडा नम्बर ३ सदस्य पदमा मनोज श्रेष्ठले उमेद्वारी दिनुभएको छ ।

उहाँ कलाकारिता क्षेत्रमा आबद्द हुनुहुन्छ र सामाजिक कार्यहरु पनि गर्दै आउनु भएको छ । युवाहरु देश विकाशको निम्ति अघि बढ्नु पर्छ भन्ने विचार राख्ने श्रेष्ठले सदस्य पदमा विजयी भई समाज परिवर्तन, गरिवी र भ्रष्टाचार निर्मुल पार्न भूमिका निर्वाह गर्ने दाबी गर्नुहुन्छ।आफूलाई निर्वाचित गराएमा विज्ञान प्रविधिलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो ।