१६ बैशाख, काठमाडौं । पछिल्लो समय गायक तथा संगीतकार थानेश्वर गौतमको नयाँ गजल ‘बेचेर सपना’ ले पनि बजारमा निकै राम्रो चर्चा पाउन सफल भएको छ । गजलले सामाजिक सञ्जाल, टिकटकदेखि ट्रेन्डिङका समेत ओगट्न सफल भएको छ । युट्युबको ट्रेन्डिङ ४ मा पर्न सफल भएको उक्त गित दर्शक तथा श्रोताले निकै मन पराएका छन् ।

श्रीभक्त पौडेल (आफन्त) को शब्द रहेको थानेश्वर गौतमकै संगीत र विनोद बाजुरालीको संगीत संयोजन रहेको छ । गीतको भिडियो रामजी लामिछानेले निर्देशन गरेका छन् । भिडियोमा पुष्प खड्का, सुशीला थापा, स्मारिका ढकाल, कृष्णप्रसाद रेग्मी लगायतको अभिनय देख्न सकिन्छ । मानकृष्ण महर्जनको छायाङ्कन रहेको भिडियोमा बान्डे प्रसादको सम्पादन छ ।