१७ बैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका करिब चार हजार भन्दा बढि उमेद्वारले आफ्नो मनोनयन फिर्ता गरेका छन्। आयोगका प्रवक्ता शालिग्राम पौडेलले करिब चार हजारले फिर्ता लिएको जानकारी दिए। उनका अनुसार आयोगको प्रणालीमा शुक्रबार साँझ ७ बजेसम्मको विवरणअनुसार एक लाख ५३ हजार २२० उम्मेदवार प्रणालीमा प्रविष्ट भइसकेका छन्।

आयोगले उम्मेदवारको अन्तिम नामावली अझै प्रकाशित गरेको छैन।