बैशाख ३०, काठमाडौँ । बिहीबार पोर्टो रिकोको तटमा डुङ्गा पल्टिँदा ११ जनाको मृत्यु भएको छ । दुर्घटना भएको यस डुङ्गामा अज्ञात संख्यामा यात्रुहरु सवार रहेका समाचारमाा जनाइएको छ । अन्य ३१ जनालाई उद्धार गरिएको अमेरिकी कोस्ट गार्डले जनाएको छ । ३१ जना लाई जीवित उद्धार गरिएको तटीय गार्डले ट्वीटमार्फत जानकारी दिएका छन् । उद्धार गरिएका यी व्यक्तिहरुमा ११ महिला र २० पुरुष रहेका जनाइएको छ ।

एघार जना भने मृत्यु भएको छ । पोर्टो रिकोको डेसेचियो टापुबाट करिब १९ वर्गकिलोमिटर उत्तरमा गैरकानूनी रुपमा यात्रामा रहेको एक डुङ्गा पल्टेको जनाइएको छ । डुङ्गामा सवार धेरै मानिसहरू हाइटीका रहेका थिए । यो डुङ्गामा कति जना थिए भन्ने स्पष्ट छैन । दुर्घटनाको कारणलगायत सवै विषयको अनुसन्धान जारी रेहको जनाइएको छ । पोर्टो रिको एक क्यारिबियन टापु र असंगठित अमेरिकी क्षेत्र हो ।