बैशाख ३०, काठमाडौँ । स्थानीय तहको निर्वाचनको दिन आज निजी तथा सार्वजनिक यातायात ठप्प रहेका छन । सरकारले सबै प्रकारका यातायात बिहान ६ बजेदेखि मतदान नसकुन्जेलसम्मका लागि बन्द गरेको हो ।

ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । पासविनाका सवारीसाधन रोकिरहेको छ । राजधानीमा पास विनाका सवारीहरू मतदान नसकुन्जेल हाेल्ड गरिएकाे छ ।