जेठ १,काठमाडौं। भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ । मतपत्र सदर कि बदर भन्ने विवाद भएपछि अहिले मतगणना रोकिएको हाे ।

एमालेको चुनाव चिन्ह शूर्यमा लगाइएको छाप मधुरो देखिएपछि निर्वाचन अधिकृतले पहिले सदर भनेको र पछि उहाँले नै त्यही मतलाई बदर भनेको विषयमा विवाद भएको हाे । अहिले नेकपा एमालेका प्रतिनिधिहरु मतगणना स्थल भन्दा बाहिर रहेका र आन्तरिक छलफल भइरहेको छ ।