जेष्ठ १ ,काठमाण्डौँ। काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर १ मा नेकपा एमालेको प्यानलनै विजयी भएको छ ।शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणाम अनुसार नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार मकुन्द प्रसाद गजुरेलको प्यानलनै विजयी भएको हो । नेकपा एमालेका मुकुन्द गजुरेल १७०७ मत ल्याएर निर्वाचित हुनुभएको छ ।

उहाँका निकटतम् प्रतिस्पर्धी नेपालि (काङ्ग्रेस )का लक्ष्मण खड्का १४३७ मत प्राप्त गनुभएको हो ।
अध्यक्ष गजुरेल संगै वडा सदस्यहरुमा कुमार खड्का, उजेली तामाङ ,प्रेम तामाङ र कविता रसाइली बिजयी हुनु भएको छ ।अन्तिम मत परिणाम निर्वाचन आयोगले केही समयपछि प्रकाशन गर्नेछ ।