जेठ ३,काठमाडौं । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको भाइ प्रेमबहादुर देउवाको निधन भएको छ । प्रेमबहादुरको मंगलबार बिहान वीर अस्पतालमा उपचारको क्रममा निधन भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकारमा गोविन्द परियारले जानकारी दिनुभयो ।

विगत एक वर्षदेखि बिमारी प्रेमबहादुरको शवलाई आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कार्यक्रममा रहेको छ ।