जेठ ४,काठमाडौं । काठमाण्डौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले १६ हजार मत पाउनु भएको छ। ताजा मत परिणाम अनुसार साहले १६ हजार ५२ मत पाउनु भएको छ । उहाँ एमालेका उम्मेदवार केशव स्थापित भन्दा ७ हजार ७ सय ७ मतले अगाडि हुनुुहुन्छ ।

स्थापितले अहिलेसम्म ८ हजार ३ सय ४५ मत प्राप्त गर्नु भएको छ । नेपाली कांग्रेसकी सृजना सिँहले ७ हजार ५ सय ११ मत प्राप्त गर्नु भएको छ ।