जेठ ५,काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव यादवप्रसाद कोईरालाले पालिका चुनाव र युक्रेन युद्धका कारण समयमै पाठ्यपुस्तक छाप्न ढिलाइ भएकाे बताउनुभएकाे छ ।

‘वैशाखमा पुस्तक छाप्ने हाम्रो योजना थियो । वैशाख १ गतेबाट किताब वितरण गर्ने फाइनल स्टेजमा थियौँ । बीचमा युक्रेनमा भएको युद्धका कारणले सप्लायर्सले सामान ल्याउन सकेनन् कागजहरु । निजी क्षेत्रले समेत कागजको अभावका कारण छाप्न नसक्ने अवस्था छैन भने । भेटेका सामानहरु पनि अहिले ५० प्रतिशत मूल्य बढेर भेटियो । त्यो पनि सप्लायर्सले सम्झौता गरेको ठाउँबाट ल्याउन सकेको थिएन’, शिक्षा सचिव कोइरालाले भन्नुभयो, ‘तेस्रो भनेको चुनावको कारणले पनि छाप्न सकिएन । यसमा थोरै मात्रै छाप्न बाँकी रहेको कारणले बिस्तारै गर्ने प्राथमिकता निर्वाचनलाई दियाैँ । अझै ५/७ दिन मत गणनाको कारणले ढिला हुने देखिन्छ केही स्थानहरुमा ।’

उहाँले वैशाखमा पुस्तक छाप्ने योजना रहे पनि पालिका तह सदस्य निर्वाचनका कारण मतपत्र छाप्ने कार्यमा प्राथमिकता दिनुपर्ने भएकोले पुस्तक छपाइ कार्यलाई घटाएको बताउनु भयो । उहाँले बीचमा युक्रेनमा भएको युद्धका कारणले सप्लायर्सले कागजसहितका अन्य सामान ल्याउन नसक्नुले पनि केही ढिलो हुन गएको बताउनु भयो ।

यस्तै उहाँले करिब ६ महिनाअघि नै कर्णाली प्रदेशमा पाठ्यपुस्तक पुगिसकेको र अन्य ठाउँहरुमा भने आजभाेलि नै विद्यार्थीहरुको हातमा पुस्तक पुग्ने बताउनु भएयाे । मयमै पाठ्यपुस्तक सम्बन्धित ठाउँमा पठाइएकोले समयमै सबै विद्यार्थीको हातमा पाठ्य पुस्तक पुग्ने उहाँकाे भनाइ छ ।