जेठ ६,काठमाडौं । कपिलवस्तुको कृष्णनगर नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी हुनुभएको छ । प्रमुखमा रजतप्रताप शाहले पाँच हजार ६०६ मत प्राप्त गरी प्रतिस्पर्धी राप्रपाका उम्मेदवार दीपक रजौरीयालाई एक हजार ४९४ मतान्तरले पराजित गर्नुभएको हो ।
विसं २०७४ को निर्वाचनमा स्वतन्त्र उम्मेदवार भई विजयी हुनुभएका शाह निर्वाचनको केही समयअघि कांग्रेसमा प्रवेश गर्नुभएको थियो । त्यस्तै उपप्रमुखमा पनि जनता समाजवादीका उम्मेदवारलाई पराजित गर्दै कांग्रेसका उम्मेदवार आरतीदेवी चौधरीले पाँच हजार ६९१ मतसहित जित हासिल गर्नुभएको छ ।
कृष्णनगरका १२ वडामध्ये एमाले र कांग्रेसले तीन/तीन, माओवादी र जसपाले दुई/दुई तथा राप्रपा र बहुजन शक्ति पार्टीले एक/एक वडा जितेका छन् ।