जेठ ६,काठमाडौं । पर्साको छिपहरमाई गाँउपालिकाको अध्यक्षमा मनोज गुप्ता दोहोरिनुभएको छ । एमाले पर्साका सचिव पनि रहनुभएका मनोज ४ हवार १ सय ८८ मतसहित विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी जसपाका उम्मेदवार इन्द्रासन कलवारले ३ हजार ३ सय २० मत प्राप्त गर्नुभएको छ । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार नवीन सिंह भने ३ हजार ५ सय २८ मत पाएर तेश्रो हुनुभयो ।

गाँउपालिकाको उपाध्यक्ष भने नेपाली कांग्रेसले जितेको छ । उपाध्यक्षमा कांग्रेसकी उम्मेदवार लीलावती देवी कानु ३ हजार ८ सय १ मतका साथ निर्वाचित हुनुभयो । उहाँकी निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार मोदीना खातुनले ३ हजार ५ सय ९० मत प्राप्त गर्नुभयो ।