काठमाडौं – गायिका सुजाता केसीको सुमधुर स्वरमा ‘मेरो बोली सुन्दा’  बोलको गीतको फिमेल भर्सन सार्वजनिक गरिएको छ।  मुनाल शिशिर कोइरालाको शब्द तथा नरहरी प्रेमीको संगीत रहेको  यस गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका हुन्। 

म्युजिक भिडियोमा दिक्पाल कार्की, रोशनी कार्की र इष्टु कार्की फिचर्ड छन्।  सुजन श्रेष्ठले छायाँकन गरेको भिडियोलाई दिन्सन शाहले सम्पादन गरेका हुन्। मुनाल शिशिर कोइरालाको निर्देशनमा भिडियो तयार पारिएको हो।

भिडियो गायिका केसीको आधिकारिक च्यानल ‘सुजाता केसी’ मार्फत सार्वजनिक भएको हो।  यसअघि गायिका केसीको स्वरमा समावेश ‘बतास बनी’, ‘जाल बुन्यो माकुराले’, ‘कुरा सिधा छ’ लगायत थुप्रै गीतहरु सार्वजनिक भैसकेका छन्।  भिडियो दर्शक स्रोतालाई मन पर्ने कुरामा निर्माण टिम आशावादी रहेको छ।