काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ४२८ जना सवारी चालकलाई कारवाही गरेको छ । 

ट्राफिक नियम उल्लंघन गरेका कारण  बुधबार काठमाडौं  उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 
कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १५१ जना, मदिरा पिएर सवारी साधन चलाउने १३३ जना, तिब्र गतीमा सवारी साधन चलाउने ९८ जना, लेन उल्लंघन गर्ने ८७ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ६८ जना रहेका छन् । 

ढोका खुल्लै राखेर सवारी चलाउने ६४ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ५५